ठमेललाई प्रविधिको प्रयोगमार्फत थप सुरक्षित बनाउछौ : डीआईजी थापा
काठमाडौं : ठमेल क्षेत्रमा प्रविधिको उच्चतम प्रयोगमार्फत सुरक्षा प्रदान गरिने भएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रमुख शैलेश थापा क्षेत्रीले ठमेल क्षेत्रमा प्रविधिको उच्चतम प्रयोगमार्फत सुरक्षा प्रदान गरिने बताए ।
बुधबार ठमेलमा पर्यटन सूचना केन्द्र र टुरिष्ट पुलिस मोबाइल एप्लिकेशको उद्घाटन गर्दै उनले उल्लेखनिय चेतनास्तर रहेको ठमेललाई प्रविधिमार्फत थप सुरक्षित बनाइने बताएका हुन् ।
सर्वत्र प्रहरी नै उपस्थित भएर सेवा प्रदान गर्नु भन्दा पनि प्रविधिको प्रयोग गरेर सेवा दिन सके सभ्यताको विकास हुने प्रहरी नायब महानिरीक्षक (डीआईजी) क्षेत्रीले बताए । ठमेल क्षेत्रलाई पर्यटकमैत्री बनाउन प्रहरीबाट गर्नुपर्ने आवश्यक सहयोग गर्न सधै तत्पर रहने उनले बताए ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि पर्यटन विभाग भृकुटीमण्डपका महानिर्देशक ढुण्डीराज घिमिरेले ठमेलमा पर्यटन सूचना केन्द्र स्थापना गरिनु प्रशंसनिय कार्य भएको बताए ।