हामी ‘काट्टे पूँजीवाद’मा छौँ बाबुराम
काठमाडौ समाजवादी पार्टी नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराई अहिलेको बजेटमा नेपालीहरू सन्तुष्ट हुने अवस्था नभएको बताउनुभएको छ । शुक्रबार संसद्को शून्य समयमा बोल्दै अध्यक्ष भट्टराईले प्रतिपक्ष र सत्तापक्षको आँखाबाट नहेरीकन नेपालीको आँखा हेर्दा अहिलेको बजेट सन्तुष्ट हुने अवस्था नभएको बताउनुभएको हो ।पूर्वप्रधानमन्त्री समेत रहुनु भएको डा भट्टराईले संसदमा बोल्दै भन्नुभयो( ‘यो बजेट प्रतिपक्ष या सत्तापक्षको आँखाले नहेरी नेपालीको आँखाले, गरिब निमुखा र बेरोजगागरबाट पिल्सीएर लाखौँ लाख विदेश जान बाध्य भएका हाम्रा युवाहरूको आँखाबाट हेयौँ भने हामीले यसमा सन्तुष्ट भएर बस्न मिल्दैन ।’
उहाँले भारतको विकल्पमा चीनको अर्थतन्त्रबाट लाभ लिन नसकिने पनि बताउनुभयो । उहाँले भन्नुभयो(‘चीन हाम्रो नजिक रहे पनि हिमाली भागहरु परेकाले समदुरीमा हामी जान सक्दैनौं। चीनतिरको ३र४ दशक भारतको तुलनामा चीनसँग लाभ लिन सक्दैनौं। भारतसँग नै हाम्रो अर्थतन्त्र आश्रित छ।’ अहिलेकौ बजेट भन्दा राम्रो बजेट ल्याउने प्रयत्न गर्नुपर्ने पनि डा भट्टराई बताउनुभयो । अहिलेको बजेट कम्जोर हुनुको मुख्य कारण वैचारिक अस्पष्टता भएको उहाँकौ ठहर छ । उहाँले भन्नभयो( ‘विचार भनेको दिशामूलक यन्त्र हो, कम्पास हो, बजेटशात्रको एउटा विचार हुन्छ, नियम हुन्छ सिद्धान्त हुन्छ, त्यसमा पश्चात्ताप भएका हामीले सही बाटो रोज्न सक्दैनौं ।’
आर्थिक वर्ष २०७६र७७ को बजेटमाथि धारणा राख्दै बजेट वार्षिक आयव्यय मात्र नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुई तिहाइको सरकारले ल्याएको बजेट हिजोको निरन्तरतासँग दाँजेर हुँदैन। अर्थतन्त्रलाई वायुपङ्खी घोडाको स्तरमा गुडाउनुपर्ने समय हो। महान् छलाङ र क्रमभंगता गर्नुपर्ने अहिलेको आवश्यकता हो।’
‘सन् २०२२ सम्म अल्पविकसतिबाट विकासोन्मुख राष्ट्रमा पुग्ने, सन् २०३० सम्म मध्यम स्तरमा पुग्ने र सन् सन् २०४० सम्म विकसित देशमा पुग्ने हाम्रो साझा लक्ष्य हो,’ उनले प्रश्न गरे, ‘त्यस अवस्थामा पुग्नका लागि हाल प्रस्तुत गरेको बजेटले कहाँनेर सहयोग पुर्याँउछरु बजेट गत वर्षभन्दा पनि पछि फर्केर आयो।’
अहिलो हामीले समाजवाद भनेको नबुझेको पनि अध्यक्ष भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो( ‘सबैले समाजवाद भनेको जे छ त्यसैलाई बराबर बाँड्न हो भन्ने बुझेकाले अहिले अर्थमन्त्रीलाई पनि दबाब पर्यो ।’ पहिले उत्पादन बढाउने र उत्पादन बढाएपछि मात्रै बजेट वितरण गर्ने पनि बताउनुभयो ।
उहाँले जति बढी आयात गर्न सक्यो, कर उति धेरै बढ्ने र कर्मचारीहरूलाई खुसी बनाउने मात्रै भएको पनि बताउनुभयो । ‘करको दायरामा भन्सार कर र भ्याट मुख्य आधार रहेको छ। जति बढी आयात गर्न सक्यो, कर उति धेरै बढ्ने भयो।’
उहाँले हामी सबै गरिबीको रेखामूनि भएको पनि बताउनुभयो । ‘हाम्रो प्रतिव्यक्ति आया एक हजार डलर मात्रै छ, पर्याप्त मात्रमा उत्पादन छैन, सबैले बाँड्दा हामीलाई एक हजार डलर पर्ने हो, त्यो भनेको हामी सबै गरिबीको रेखामुनिमा पर्छौं, त्यसैले यतिबेला हामीले अहिले नै समाजवाद लागु गर्ने होइन ।’ अध्यक्ष भट्टराईले भन्नुभयो ।
समाजवाद हाम्रो लक्ष र हामी त्यहाँ पुग्नु पर्ने भएपनि अहिले नै समाजवादले न्याया नदिने बताउनुभयो । उहाँले भन्नुभयो( समाजवाद हाम्रो लक्ष्य हो, त्यहाँ त हामी पुग्न पर्छ, किनकि यो पुजिवाद विश्वव्यापी रूपमा आएको छ, तर अहिले यसले हामीलाई न्याय दिन सक्दैनौं ।
अध्यक्ष भट्टराई अहिले हामी ‘काट्टे पूँजीवाद’मा भएकोसमेत बताउनुभयो । उहाँले भन्नुभयो( ‘हामी
‘काट्टे पूँजीवाद’मा छौँ, यो काटे पूँजीवाद भनेको एकदमै पराश्रित हुन्छ, एकदमै उनुत्पादक हुन्छ । यसले बेरोगारी उत्पादन गर्छ, त्यो भन्दा पनि एउटा व्यापारलाई मात्रै प्रथामिकता दिन्छ, खाली राज्य सत्ताको दोहन गरेर आसेपासेहरूलाई मात्रै बुझ्ने गर्छ र यसले न्यायपूर्णको विकास गर्दैन ।’
उहाँले अहिले नै समाजवादमा जान नहुने पनि बताउनुभयो । उहाँले भन्नुभयो( कम्युनिष्ट देखिनको लागि भए पनि हामी समाजवाद बनेका हौँ तर स्पष्ट भन्ने हो भने हामी अहिले नै पूजिवादलाई नागरे समाजवाद जाने होइन ।’
उत्पादनशिल क्षेत्रमा बजेट लगानी गरेर परानिर्भतालाई हटाउनु पर्नेमा अध्यक्ष भट्टराईको जोड छ । ‘अहिलोको आवश्यकता भनेको उत्पादनशील क्षेत्र काममा लगानी गर्नेर बेरोजगार हटाउनु हो’, उहाँले भन्नुभयो ।
हामीले अहिले १२(१५ घण्टा काम गरेर आफ्नो पेट पाल्न पनि नसको बताउँदै भन्नुभयो( ‘जब हामीले दुई तीन घण्टा काम गरेर हाम्रो आवश्यकता पूरा गर्ने सकिन्छ तब मात्रै हामी समाजवादमा जाने हो ।’
उहाँले उत्पादन बढाउनु नसकेको भन्दै भन्नुभयो(‘उत्पादन बढाउन सकिएको छैन। उत्पादन बढे नै वितरण हुने हो,’ भट्टराईले भन्नुभयो, ‘वृद्धि, न्यायपूर्ण वितरण, दिगो र खुसीपन लगायतका आयामलाई ख्याल गरी बजेट आउनुपर्ने थियो।