कर्णालीका मुख्यमन्त्री पार्टीको कार्यक्रममा, यात्रा सेनाको हेलिकाेप्टरमा
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावलले पार्टी बैठकमा भाग लिन सरकारी बजेट खर्च गरेर सेनाको हेलिकाेप्टरमा यात्रा गरेका छन् ।
नेकपा हुम्लाको पहिलो जिल्ला कमिटी बैठकमा सहभागी हुन मुख्यमन्त्री र सामाजिक विकास मन्त्री रावलले सुर्खेतबाट सिमकोटको यात्रा गरे ।
सिमकोटबाट उनीहरु कालिकोट पनि पुगे ।