सामुदायिक विद्यालय भएर पनि ज्ञानोदयको लोभलाग्दो नतिजा
काठमाण्डाै - देशभरिका सामुदायिक विद्यालयको नतिजा खस्किएका बेला एसईईमा काठमाण्डाैको बाफलमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयले भने लोभलाग्दो नतिजा ल्याएको छ ।
२ सय ६३ जना विद्यार्थीले एसईई दिएकोमा १०३ जनाले जीपीए ३ दशमलव ६ भन्दा बढी ल्याएको विद्यालयले जनाएको छ । यस्तै, ५४ जनाले जिपिए ३.२ देखि ३.६ सम्म, ६० जनाले जीपीए २.८ देखि ३.२ सम्म, ३१ जनाले जिपिए २.४ देखि २.८ सम्म, १२ जनाले जीपीए २ देखि २.४ सम्म र ३ जनाले जीपीए १.६ देखि २ सम्म प्राप्त गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जनले विद्यार्थीको सफलताको श्रेय शिक्षक कर्मचारीको अथक मेहनत र परिश्रमको उपज भएको बताउनुभयो । विद्यालयले उच्च मावि तहमा विज्ञान, व्यवस्थापन र सिभिल इन्जिनियरिङ विषयमा अध्यापन गराइरहेको छ ।
धिरेन्द्रको जीपीए ४
ज्ञानोदयका विद्यार्थी धिरेन्द्र भट्टले यसपटको माध्यमिक शिक्षा परीक्षामा ४ जीपीए प्राप्त गरेका छन् ।

बिहीबार प्रकाशित एसईई परीक्षाको नतिजामा धिरेन्द्रले ४ जीपीए प्राप्त गरेको विद्यालयले जनाएको छ ।
खस्कँदो सामुदायिक विद्यालयको नतिजा
बिहीबार आएको एसइईको नतिजा अनुसार निजी लगानीका विद्यालयको तुलनामा सार्वजनिक विद्यालयको स्तर खस्केको छ ।
सरकारले सार्वजनिक विद्यालय सुधारका लागि विभिन्न अभियान र कार्यक्रम सञ्चालन गरे पनि परीक्षाफलमा निजी लगानीका विद्यालयका विद्याथीले राम्रो स्तरीकृत अङ्क (जीपीए) ल्याउँदै आएका छन् ।
बिहीबार प्रकाशित २०७५ सालको एसइई परीक्षामा सहभागी ४ लाख ९५ हजार २ सय ७५ विद्यार्थीमध्ये सार्वजनिक विद्यालयबाट ७० दशमलव ८४ र निजीका २९ दशमलव १६ प्रतिशत विद्यार्थी छन् तर माथिल्लो जीपीए ‘ए प्लस’ ल्याउने विद्यार्थी १४ हजार ७८८ निजी विद्यालयकै छन् ।
जीपीएमा सार्वजनिक विद्यालयका दुई हजार ७ सय ९२ विद्यार्थी मात्र छन् । सबैभन्दा तल्लो जीपीए ‘ई’ ल्याउनेमा सार्वजनिक विद्यालयका छ हजार ६७३ छन् भने निजीका एक हजार ९६ मात्र छन् । यसरी हेर्दा फेरि पनि सरकारी विद्यालयको स्तर निजीको तुलानमा कमजोर देखिएको छ ।