बझाङ वित्थडचिर गाउँपालिकाले अपाङ्गलाई आवतजावतकाली ह्विलचियर वितरण
बझाङ बझाङ वित्थडचिर गाउँपालिकाले अपाङ्गलाई आवतजावतकाली ह्विलचियर वितरणबझाङ वित्थडचिर गाउँपालिकाले आइतबार वडा नम्बर ७ का अत्ती अपाङ्गलाई एक रएक ह्विलचियर वितरण गरेको छ । वडा नम्बर ७ का तीन जना अपाङ्गलाई गाउँपालिकाले ह्विलचियर वितरण गरेको हो ।
अपाङ्ग ह्विलचियर पाउनेमा वडा नम्बर ७ कै गगन खड्का, हिरा अधिकारी, मैना बिष्ट रहेका पाएको जनाएका छ । वडा नम्बर ७ सडक सञ्जालले छोएको ह’दा अपाङ्गहरुलाई आवतजावतमा सजिलो होस् भन्ने हेतुले ह्विलचियर वितरण गरिएको गाउँपालिकाकाकी उपाध्यक्ष जानकी बोहराको भनाइ छ ।
उत्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बोहरा, उपाध्यक्ष जानकी बोहरा, वडा अध्यक्ष प्रसाद विष्ट लगायत गाउँपालिकाका सबै जनप्रतिनिधि , सरकारवाला रसबै स्थानीयबासी उपस्थिति रहेको थियो ।

गाउँपालिकाको वडा नम्बर ७ बाट सुरु गरेको ह्विलचियर वितरण कार्यक्रम अब गाउँपालिका भरी नै अपाङ्गहरुलाई आवतजावत आबसेक परिने सामाग्री वितरण गरिने गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बोहरा, बताएकाछन ।
