बित्थडचिर गाउपालीकाले आर्थिक बर्ष २०७६÷०७७ का लागि ५० करोड ६१ लाख ५० हजार अनुमानित बजेट विनियोजन
बझाङ बझाङको बित्थडचिर गाउपालीकाले आर्थिक बर्ष २०७६÷०७७ का लागि मंगलबार बजेट पेश गरेको छ ।गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६र०७७का लागि रु ५० करोड ६१ लाख ५० हजार २ अनुमानित बजेट विनियोजन गरेको हो्। अघिल्लो आर्थिक वर्षमा रु। ४४ करोड ६५ लाख ११ हजार विनियोजन गरेको वित्थडचिर गाउँपालिकाले यस वर्ष ४६ लाख बढी रकम थप गरी बजेटको आकार बढाएको छ ।
वित्थडचिर गाउँपालिकाले गतवर्ष ल्याएको बजेटको झण्डै ८० प्रतिशत बढी खर्च गरेको जनाएको छ । निति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको बजेटमा वित्थडचिर लेकृषिमा बढी उत्पादनशिल क्षेत्रलाई सुविधा र अनुदानको रकम उपलव्ध गराउने नीति लिएको गाउँपालिकाकी उपाध्याक्ष जानकी बोहराले प्रस्तत गरे किछिन । कृषीलाई व्यवसायीकरण गराउने, कृषकहरुको व्यवसायीक सीप र क्षमता विकासका लागि अवलोक भ्रमण तथा तालिम संचालन गर्ने, मासिक वा पर्व बिशेष हुने गरी कृषिजन्य हाट वजार मेला सञ्चालन गर्न, गाउँपालिकाका महत्वपूर्ण पर्यटकीय स्थल वित्थड, धारछडी झर्ना,, सिगास, भाटेगुफा, खसीलडा, तोली, देउलाट, गुइलटा आनन्द ताल लगायतका स्थलमा महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र विकासको लागि प्रदेश सरकारको सहलगानीमा साम्भाव्यता अध्ययन गर्ने लगायतका कार्यक्रमहरु आफ्नो नीतिमा समेटेको उपाध्याक्ष बोहराले जनाएकी छिन । शिक्षाको विकासका लागि निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा सुनिश्चित गाउँपालिका अभियान सञ्चालन गर्ने,गाउँपालिका भित्रका सवै विद्यालयका बाल कक्षा देखि ८ कक्षाका विद्यार्थीहरुलाई दिवा खाजा कार्यक्रम साझेदारीमा निरन्तरता दिइने लगायतका निति लिएको साथै स्वास्थ्य तर्फः“स्वास्थ्य विमा नि।शुल्क उपचार, स्वास्थ्य नागरिक समृद्ध लागी जिम्मेवार स्थानीय सरकार मेरो स्वास्थ्य मेरै हातमा, सहयोगका लागी बित्थडचिर गाउँपालिका छ साथमा ।” आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्राथमिक स्वास्थ्य केन्द्र देउलेखलाई स्तर उन्नती गरी गाउँपालिका स्तरमा १५ सैयाको सेवा संचालन गरिनेछ ।
सुरक्षित मातृत्व सेवा प्रभावकारी बनाई ९ वटै वडामा आधारभुत स्वास्थ्य इकाईलाई नवशिशु तथा आमालाई अकालबाट बचाउनको लागि चौविसै घण्टा सुरक्षित प्रसुती सेवा तथा प्राथमिक उपचार सेवा विस्तार गरी सेवामा निरन्तरता दिइनेछ । स्याडी स्वास्थ्य चौकीको लागि भवन निर्माणको लागि प्रदेश र केन्द्र सरकारसँग माग गर्ने र गाँउपालिकाले सहलगानी गरिने ,गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज पहूँच पुराउन स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाइने छ । त्यस्तै महिला तर्फः
“समृद्ध राष्ट्र बनाउनमा महिला, विकास क्रियाकलापको अवसरमा पहिला” लैंगिक समानता, सामाजिक समावेशीकरण र लैंगिक उत्तरदायी ९महिला मैत्री० बजेटलाई प्रभावकारी कार्यान्वयन गरिनेछ ।लैंगिक हिंसा, बालविवाह, छाउपडी, जारीप्रर्था जस्ता सामाजिक कुरीतिहरुलाई शुन्य सहनशिल्ताको नीति अख्तियार गरी सबै वडा गाउँ बस्ती तहमा व्यापक सामाजिक अभियानका साथै आर्थिक सामाजिक कार्यक्रम निरन्तरता दिइने निति लिएको छ ।
त्यस्तै बालबालिका तर्फः बालविवाह अन्त्यका लागि बझाङ्ग जिल्ला रणनीतिक योजना २०७४ लाई कार्यन्वयन गर्दै यस गाउँपालिका २०७८ साल भित्र बाल विवाह अन्त्य गर्न विभिन्न कार्यक्रम संचालन गरिनेछ ।प्रत्येक वडामा बाल क्लब तथा सञ्जाल पुर्नगठन गरी परिचालन गरेर वालमैत्री वडा घोषणा गरिने कार्यक्रममा समेटेको छ । त्यस्तै वित्थडचिर गाउँपालिकाले दलित, सडक सञ्जाल, सिचाइ, भवन तथा शहरी विकास,
खानेपानी तथा सरसफाई, संचार, वैकल्पीक उर्जा तथा साना जलविद्युत, वातावरण तथा विपद व्यवस्थापन, संस्थागत विकास सेवा प्रभाव र सुशासन, वित्तिय व्यवस्थापन, मानव संसाधान विकासलाई पनि प्राथमिकतासाथ आफ्नो निति तथा कार्यक्रम मार्फत सम्बोधन गरेको छ ।