कुशलको कीर्तिमानी शतकमा चीनसामु नेपालको ३१४ रनको विशाल लक्ष्य
एसियन गेम्स छनोटअन्तर्गत चीनविरुद्ध नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर ३१३ रनको विशाल योगफल तयार गरेको छ। ओपनर कुशल भुर्तेलले ४३ बलमा १२९ रन बनाउने क्रममा १६ छक्का प्रहार गर्दै एकै ओभरमा लगातार ६ छक्का हानेर कीर्तिमान कायम गरे।
यस्तै कुशल मल्लले ८५ रन र कप्तान रोहित पौडेलले ६९ रनको विस्फोटक योगदान दिए। नेपालले चीनसामु जितका लागि ३१४ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।