नेपालले अमेरिकासामु ३१८ रनको लक्ष्य प्रस्तुत
नेपाल राष्ट्रिय क्रिकेट टोली ले एकदिवसीय अन्तर्राष्ट्रिय त्रिदेशीय शृंखलामा संयुक्त राज्य अमेरिका राष्ट्रिय क्रिकेट टोली सामु ३१८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरमा शुक्रबार भएको खेलमा इशान पाण्डेले ८४ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५९ रनको आक्रामक पारी खेले। उनी रनआउट भएका थिए।
नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनाएको हो। नयाँ शीर्षक्रमका ब्याट्सम्यान इशान पाण्डेले लगातार दोस्रो अर्धशतक बनाउँदै प्रभावशाली प्रदर्शन जारी राखेका छन्।