अर्जेन्टिनाले विश्वकप २०२६ का लागि अन्तिम टोली घोषणा गर्यो
साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले कप्तान लियोनेल मेस्सीको नेतृत्वमा टोली सार्वजनिक गरेका हुन् ।
टोलीमा गोलकिपर एमिलियानो मार्टिनेज, रक्षक क्रिस्टियन रोमेरो, मिडफिल्डर रोड्रिगो डे पउल तथा फरवार्ड लाउटारो मार्टिनेज जस्ता प्रमुख खेलाडी समावेश छन् । साथै केही युवा प्रतिभाले पनि टोलीमा स्थान बनाएका छन् ।
अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप उपाधि जित्ने लक्ष्यसहित प्रतियोगितामा उत्रिनेछ ।