सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड डडेल्धुरामा सुरु
सुदूरपश्चिम प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि डडेल्धुरामा सुरु भएको छ। प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्काले प्रतियोगिताको शुभारम्भ गरेका हुन्। प्रदेश खेलकुद परिषद्को आयोजनामा पहिलोपटक डडेल्धुरामा प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितामा प्रदेशका नौवटै जिल्लाबाट करिब ९०० खेलाडी सहभागी छन्। भलिबल, कबड्डी, उसु, कराते, तेक्वान्दो र एथ्लेटिक्स गरी ६ खेलमा प्रतिस्पर्धा भइरहेको छ।