नेपालद्वारा मलेसिया ७ विकेटले पराजित
नेपाल महिला राष्ट्रिय क्रिकेट टोली ले दोस्रो अन्तरराष्ट्रिय टी–२० क्रिकेटमा मलेसिया महिला राष्ट्रिय क्रिकेट टोली लाई ७ विकेटले हराएको छ।
मलेसियाले दिएको ८३ रनको लक्ष्य नेपालले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि सम्झना खड्काले ३९ रन बनाइन् भने कविता कुँवरले १९ रन जोडिन्।
यसअघि मलेसियाले २० ओभरमा ९ विकेट गुमाउँदै ८२ रन बनाएको थियो। नेपालका कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान २–२ विकेट लिए।