स्कटल्याण्डविरुद्ध नेपाललाई १९५ रनको लक्ष्य, ललित र सन्दीप चम्किए
काठमाडौं — आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले आज Scotland national cricket team विरुद्ध प्रतिस्पर्धा गरिरहेको छ। कीर्तिपुरस्थित Tribhuvan University International Cricket Ground मा जारी खेलमा स्कटल्याण्डले नेपालसामु १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड ३९ ओभर १ बलमा १९४ रनमै अलआउट भयो। स्कटल्याण्डका ब्रान्डन म्याकमुलेमले ७३ तथा मिचेल इंग्लिसले ५१ रनको अर्धशतकीय पारी खेले। जर्ज मुन्सेले २१, मार्क वाटले २० र रिची बेरिङटनले १२ रन जोडे।
नेपालका लागि ललित राजवंशी ले ४ विकेट लिए भने सन्दीप लामिछाने ले ३ विकेट हात पारे। सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले एक–एक विकेट लिए।
लिग–२ मा नेपालको स्थिति दबाबपूर्ण बनेको छ। नेपालले यसअघि स्कटल्याण्डसँग दुई रनको हार बेहोरेको थियो भने अमेरिकालाई ९ विकेटले हराएको थियो। हाल नेपाल २६ खेलबाट २० अंकसहित सातौँ स्थानमा रहेको छ।