नेपाल रन फाइव के च्यालेन्ज वैशाख २६ गते चाँगुनारायणमा हुने
नेपाल रन फाइव के च्यालेन्ज वैशाख २६ गते भक्तपुरको चाँगुनारायणमा आयोजना हुने भएको छ।
एथलेटिक्स परिवार, नेपालका अनुसार चाँगुनारायण नगरपालिकाको सहयोगमा हुने प्रतियोगिता चाँगुनारायण नगरपालिका भवन परिसरबाट सुरु भई विभिन्न मार्ग हुँदै सोही स्थानमा समापन हुनेछ।
प्रतियोगितामा खुला महिला–पुरुष, ४५ वर्ष माथि पुरुष भेट्रानका लागि ५ किलोमिटर तथा १८ वर्षमुनिका युवा, महिला–पुरुष र ३५ वर्ष माथिका महिला भेट्रानका लागि ३ किलोमिटर दौड हुने आयोजकले जनाएको छ।
आयोजकका अनुसार करिब २५० भन्दा बढी खेलाडीको सहभागिता रहनेछ। प्रतियोगिताको कुल बजेट ७ लाख ६६ हजार रुपैयाँ रहेको छ।