एसियन गेम्स क्वालिफायरका लागि नेपाली क्रिकेट टोली घोषणा, दीपेन्द्रसिंह ऐरी कप्तान
काठमाडौँ — नेपाल क्रिकेट सङ्घ (क्यान) ले सिङ्गापुरमा हुने मेन्स एसियन गेम्स क्वालिफायर २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ।
क्यानले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार १४ सदस्यीय टोली चयन गरिएको हो। प्रतियोगिता मे ३१ देखि जुन ९ सम्म सञ्चालन हुनेछ।
घोषित टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने भएका छन्। टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम र सन्दीप लामिछाने रहेका छन्।
त्यस्तै सोमपाल कामी, करण केसी, आरिफ शेख, शाहब आलम र भीम सार्की पनि टोलीमा समावेश छन्।
क्यानका अनुसार टोलीले क्वालिफायर प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै एसियन गेम्सतर्फ स्थान बनाउने लक्ष्य राखेको छ।