टी–२० विश्वकप: नेपालले इटलीसँग पहिलो ब्याटिङ गर्दै, टस इटलीले जित्यो
टी–२० विश्वकपमा नेपालले आज आफ्नो दोस्रो खेल इटलीसँग खेल्दैछ।भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा दिउँसो सवा ३ बजे सुरु हुने खेलमा नेपालले टस हारेको छ। इटलीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।
नेपाल र इटली टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक आमनेसामने हुन लागेका हुन्। यद्यपि, ५० ओभरको प्रारुपमा दुबै टोलीले तीन पटक प्रतिस्पर्धा गरिसकेका छन् र ती खेलमा नेपाल विजयी भएको छ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा इङ्ल्याण्डसँग ४ रनले पराजय भोगेको थियो। आजको खेलमा नेपालले हार भुलेर उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ।