इटलीविरुद्ध नेपालको कमजोर ब्याटिङ, १२३ रनमै समेटियो
आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत दोस्रो खेलमा नेपाल इटलीविरुद्ध कमजोर ब्याटिङ गर्दै १२३ रनमै अलआउट भएको छ। वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा समेटियो।
नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए भने रोहित पौडेलले २३ र आसिफ शेखले २० रन जोडे। अन्य ब्याटरहरूले उल्लेख्य योगदान दिन सकेनन्।
इटलीका स्पीनरहरूले उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेट लिए। क्रिसन कालुगामागेले ३ तथा बेन्जामिन मानेन्टीले २ विकेट लिए। नेपालले पहिलो खेलमा इंग्ल्याण्डसँग ४ रनले पराजित भएपछि यस खेलमा पहिलो जितको लक्ष्य लिएको थियो, तर कमजोर ब्याटिङले पुनः निराशा हात लाग्यो।