पिएसजी र न्युक्यासल युनाइटेड च्याम्पियन्स लिग प्लेअफमा
पेरिस । पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै टोली च्याम्पियन्स लिगको प्लेअफ चरणमा पुगेका छन्। अन्तिम १६ मा सिधै प्रवेश गर्न नसक्दा दुवै टिमले प्लेअफ खेल्नुपर्ने स्थिति सिर्जना भएको हो।
गएराति पार्क दे प्रिन्समा भएको खेल १–१ को बराबरीमा सकिएको थियो। पिएसजीले सुरुवातमा अग्रता लिएको खेलको अन्तिममा न्युक्यासलले बराबरी गोल गर्दै नतिजा बराबर बनाएको हो।
यस नतिजासँगै दुवै टिमले जित निकाल्दा सिधै नकआउट चरणमा प्रवेश गर्ने अवसर गुमाएका छन्। हालको तालिकामा पिएसजी ११ औं र न्युक्यासल १२ औं स्थानमा रहेका छन्।
खेलमा दुवै टिमले प्लेअफमा आफ्नो खेल सुधारेर नकआउट चरणमा प्रवेश गर्ने प्रयास गर्ने अपेक्षा गरिएको छ।