पहिरोले केआई सिंह राजमार्ग अवरुद्ध
डडेलधुराको गन्यापधुरा गाउँपालिका–२, रडुवामा पहिरो खस्दा डडेल्धुरा–दिपायल–बाजुरा–अछाम जोड्ने केआई सिंह राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय, डडेलधुराका अनुसार रडुवा स्थित खोलामा पहिरो खसेका कारण राजमार्गमा सवारी आवतजावत पूर्ण रूपमा बन्द भएको हो।
राजमार्ग अवरुद्ध हुँदा सवारीसाधन र यात्रुहरू बिच बाटोमै रोकिएका छन्। यात्रु दिनेश साउँदका अनुसार सडकको खसेको पहिरोलाई हटाउने काम भइरहेको छ।