दर्ता प्रमाणपत्र नराखी सञ्चालन गर्ने कन्सल्टेन्सीलाई ५१ हजार जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा कानुन विपरीत सञ्चालन गरेको पाइएपछि एक कन्सल्टेन्सी (शैक्षिक परामर्श केन्द्र) लाई जरिवाना गरेको छ । अन्य ६ वटा फर्मलाई आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ ।
बिहीबार अनुगमनमा गएको विभाको टोलीले दर्ता प्रमाणपत्र नराखी सञ्चालन गरेको पाइएपछि ललितपुर महानगरपालिका–५ मा रहेको एसएस एजुकेशन सोलुसन सर्भिस प्रालिलाई ५१ हजार रुपैयाँ जरिवाना तिराएको छ ।
यसैगरी विभागले अनुगमनका क्रममा थप अनुसन्धान आवश्यक देखिएका अन्य ६ वटा कन्सलटेन्सिलाई व्यवसायसँग सम्बन्धित कागजातहरू लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागले बिहीबारदेखि कन्सलटेन्सिलाई लक्षित गर्दै अनुगमन थालेको विभागले जनाएको छ।