रातो मच्छिन्द्रनाथको रथ आज जावलाखेल पुर्याइँदै
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ बिहीबार आज जावलाखेल पुर्याइँदैछ।
वैशाखशुक्ल प्रतिपदादेखि तान्न सुरु गरिएको रथलाई जेष्ठ शुक्ल तृतीयाका दिन आज जावलाखेल पुर्याउन लागिएको हो। रथ लगनखेलको इटीटोलमा रहेको रथ तानेर जावलाखेल पुर्याइने संस्कृतिविद् कीर्तिमर्दन जोशीले जानकारी दिए।
शुभसाइतमा रथ तानेर जावलाखेल पुर्याएपछि आइतबार भोटो देखाएर जात्राको समापन हुने उनले बताए। करिब एक हजार ६ सय वर्ष पुरानो रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाकै लामो जात्रा हो।