तोलामा एक हजार चार सय रूपैयाँ घट्यो सुनको भाउ, १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार
नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य घटेको छ। मंगलबार प्रतितोला दुई हजार तीन सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार चार सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १७ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी प्रतितोला १७ सय २५ रूपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १५ रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।