नेपाली बजारमा सुन-चाँदीको मूल्य आज ह्वात्तै बढ्यो
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन-चाँदीको मूल्य बढेको छ ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले बढेर १ लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको हो । त्यस्तै, तेजाबी सुनको मूल्य तोलाको १ लाख ३७ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार छापावाल सुन तोलाको १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको हो ।
त्यसैगरी शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर प्रतितोला १७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको हो ।