नागरिक स्टक डिलर कम्पनीले दुई दिने वित्तिय साक्षरता तथा पुँजीबाजर सचेतना कार्यक्रम सम्पन्न
दृष्टि सञ्चार संवाददाता । नागरिक स्टक डिलर कम्पनीले दुई दिने वित्तिय साक्षरता तथा पुँजीबाजर सचेतना कार्यक्रम संचालन गरेको छ । विश्व वित्तिय सप्ताह २०२४ को अवसरमा चैत्र ९ गते शुक्रवार उपत्यकाका कलेजहरु क्रमश Caspian college,Nesfied International, IMS college, Swati Sadan collegeका विद्यार्थीहरु सहभागी गराई नागरिक स्टक डिलर भ्रमण कार्यक्रमको आयोजना गरी यूवा विद्यार्थीहरुलाई बचतमा प्रोत्साहन गर्न पुँजीबजरमा प्रवेश गर्दा अपनाउन पर्ने विधिहरुको जानकारी गराएको थियो र बानेश्वरको अर्याल होटलमा नेपाल धितोपत्र बोर्डका निमित्त अध्यक्ष डा. नवराज अधिकारीज्यूको प्रमुख आतिथ्यतामा विद्यार्थी र लगानीकर्ताहरु १४० भन्दा बढी सहभागी गराई औपचारीक कार्यक्रम सम्पन्न गरेको थियो । प्रमुख अतिथि डा. नवराज अधिकारीज्यूले मन्तव्यको क्रममा विश्व वित्तिय सप्ताह २०२४को चर्चा गदै १८ बुँदामा सरोकारवाल पक्षहरु संग छलफल गरी निर्णय गरेर अर्थमन्त्रालयलाई सुझाव पेश गरेको र सो को तत्काल कार्यन्वयन गर्न सक्ने विषयहरुमा अर्थमन्त्रालयबाट निर्देशन प्राप्त हुनसाथ कार्यान्वयन गरिने वताउदै लगानीकर्ताहरुले लगानीगर्दा विविध पक्षहरुको विश्लेषण गरी सुसुचित लगानी गर्न सुझाव दिनुभयो ।
उक्त कार्यक्रममा नागरिक स्टक डिलरका बरिष्ठ लेखा अधिकृत तपराज जोशी, वरिष्ठ सहायक द्वय विनोद आचार्य राजेश कुमार शाहबाट कार्यपत्र प्रस्तुत गरेका थिए।उक्त कार्यपत्र प्रस्तुतिकरणमा नागरिक स्टक डिलरको कम्पनीको परिचय र सेवाहरुको बारेमा जानकारी गराएका थिए । युवाविद्यार्थीहरुलाई वित्तिय प्रणालीको अवगत गराउनुका साथै बचत गरी लगानी गर्न प्रोत्साहन गर्नुका साथै वित्तिय क्षेत्रमा तथा प्रविधिको प्रयोग गर्दा हुन सक्ने जोखिमहरु अवगत गराएका थिए ।साथै अल्पकालीन लगानीमा भन्दा पनि दिर्घकालीन लगानीमा जोड दिनुका साथै आधारभुत पक्ष तथा प्राविधिक पक्षहरुको सुझवुझ विश्लेषण गरी धैर्यता पुर्वक लगानी गरेमा उच्चतम लाभ प्राप्त हुनसक्ने जानकारी गराएका थिए ।कार्यक्रमका सभाध्यक्ष नागरिक स्टक डिलर कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री महेश्वरलाल श्रेष्ठज्यूले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तिय साक्षरता कार्यक्रम गरिरहेका छौ आगामी दिनमा पनि निरन्तर हुने अवगत गराउदै उपस्थित सम्पुर्ण महानुभावहरुलाई धन्यवाद दिदै कार्यक्रम समापन भएको घोषण गर्नु भएको थियो ।
त्यसै गरी चैत्र १० गते शनिवार विहान ॐ समाज डेन्टल हस्पिटलको सभाहलमा इन्द्र अन्नपुर्ण योगा र लायन्स कल्व अफ इन्द्र अन्नपुर्ण योगा सहकार्यमा ७० भन्दा वढि संख्यमा उपस्थितिमा भव्यता पुर्वक वित्तिय साक्षरता र पुँजीबजार सचेतना कार्यक्रम सम्पन्न गरेको छ। ॐ समाज डेन्टल हस्पिटलका अध्यक्ष डा सुवास घिमिरे ,लायन्स कल्वडिष्ट्रिक्ट ३२५ एफका डिष्ट्रिक्ट गर्भनर लायन्स शिवराम कटुवाल र चन्द्रगिरि नगरपालिका नगरप्रमुख घनश्याम गिरिज्यूले वित्तिय साक्षरता कार्यक्रम आयोजकलाई धन्यवाद दिँदै वित्तिय ज्ञान अभिबृद्धि गरी सही लगानी गर्न सकेकमा व्यक्ति,समाज र राष्ट्रलाई योगदान हुन सक्ने चर्चा गर्नुभयो ।
उक्त कार्यक्रमा नेपाल धितोपत्र बोर्डका निमित्त अध्यक्ष डा नवराजअधिकारीज्यूले विश्व वित्तिय सप्ताह कार्यक्रमको चर्चा गर्दै पुँजीबजार संसारभर अत्यन्त महत्वुर्ण क्षेत्र भएको र ठुलो पुँजीनिमर्णको आधार भएको बताउदै नागरिक स्टक डिलर कम्पनीले गरेको वित्तिय साक्षरता कार्यक्रममा भएका प्रस्तीकरण अत्यन्त महत्वपुर्ण रहेको जानकारी गराउनु भएको थियो ।उक्त कार्यक्रममा प्रशासन अधिकृत महेन्द्र नारयण जोशीबाट वित्तिय साक्षरता र पुँजीबजार सम्वन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमका सभाध्यक्ष नागरिक स्टक डिलर कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री महेश्वरलाल श्रेष्ठज्यूले कार्यक्रममा विशिष्ट व्यक्तित्वहरुको सम्वोधनबाट योग तथा खुसी प्राप्त गर्ने उपाय जस्ता जीवन उपयोगि ज्ञान समेत प्राप्त गरेको अवगत गराउदै यस्ता वित्तिय साक्षरता र लगानीकर्ता सचेतना कार्यक्रम निरन्तर गरिरहेको आगमी दिन पनि गर्दै जाने बताउनु भएको थियो ।आयोजकको निमन्त्रणालाई स्वीकार पाल्नुभएका सम्पुर्ण महानुभावहरुलाई धन्यवाद दिदै कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो ।