रमदानको पहिलो शुक्रबारको केही तस्विरहरु
दृष्टि सञ्चार संवाददाता । यतिबेला मुस्लिम धर्मावलम्बीको महान पर्व रमदान चलिरहेको छ। मुस्लिम धर्मावलम्बीहरुले आज रमदानअन्तर्गत पहिलो शुक्रबारको प्रार्थना गरेका छन्। एक महिनासम्म चल्ने रमदानको समयमा इस्लाम धर्मावलम्बीले घाम उदाउनुअघि र अस्ताइसकेपछि रोजा तोड्ने गर्छन्।
इस्लाम धर्मको नियमानुसार हरेक मुस्लिमले रोजा बस्नु अनिवार्य गरिएको हुन्छ। इस्लामका क ल्मा (श्लोक), नमाज, रोजा, हज र जकातमध्येको एक आधारका रूपमा रोजालाई लिइन्छ। राजधानीको घन्टाघरमा रहेका मस्जिदहरूमा प्रार्थना गर्न आउने मुस्लिम धर्मावलम्बीको भीड लागेको छ।