संसदमा पटक–पटक विद्युत् अवरूद्ध
दृष्टि सञ्चार संवाददाता । प्रतिनिधि सभाको बैठकमा विद्युत बन्द हुँदा समस्या भएको छ । प्रतिनिधि सभाको जारी बैठकको आधा घण्टामा तीन पटक विद्युत गएको छ । बैठक सुरु भएलगत्तै विद्युत बन्द भएर प्रतिनिधि सभाको सभाकक्ष अँध्यारो भएको थियो ।
आकस्मिक समयमा कांग्रेसका संजय कुमार गौतम बोल्न सभामुख देवराज घिमिरेले समय दिए । सांसद गौतमले बोल्न सुरु गरेलगत्तै बती गएको थियो । पछि सांसद एकनाथ ढकाल र अमरेश कुमार सिंह बोलिरहँदा पनि बत्ती गएको थियो ।