चिनियाँ पर्यटकहरुले पनि मनाए होली (तस्बिरहरू)
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
नेपालीमात्र नभएर चिनियाँ पर्यटकहरुले पनि होली मनाउँदै खुसीयाली मनाइरहेका छन् ।