मृगौला पिडित बचाउ अभियान
पालुङ्गटार १० मिरकोट,गोर्खाका बर्ष १९का विपिन खड्का स्व. कुल बहादुर खडका र नानुमाया खडकाका छोरा विगत दुई बर्ष देखि दुवै मृगौला फेल भई काठमाण्डौको बनस्थलीमा कोठा भाडामा लिई बसोबास गर्दै आउनु भएको छ निजको पिता वैदेशिक रोजगारको क्रममा मलेशियमा ७ बर्ष अगाडि निधन भएको थियो ।डाक्टरको परामर्शमा दुवै किडनी दुईपटक अप्रेशन गरी निकालिएको अवस्था छ र निजले राष्ट्रिय मृगौला उपचार केन्द्रमा नियमित डायलासिस गराईरहेका छन ।

डाक्टर तथा पारिवारिक परामर्शमा विर अस्पतालमा मृगौला प्रत्यारोपणका लागि आमा छोरा विहिबार भर्ना भएका छन ।आर्थिक स्थिति कम्जोर हुदै गएको र उपचारको क्रममा ठुलै खर्च भएको पारिवारिक स्रोतबाट जानकारी प्राप्त भएको छ ।


सो सम्वन्धमा फिनाम कुवापानी काठमाण्डौ सेवा समाजको अग्रसरतामा हातेमालो मानवसेवा समुह जोरपाटी ,कालिकोटे खडका समाज फिनाम र लायन्स कल्व अफ काठमाण्डु ईन्द्र अन्नपुर्ण योगा नैकापको सयूक्त पहलमा मृगौला रोग बाट पिडित विपिन खडका बचाउ अभियान मा संकलित रकम रु १ एक लाख ८ हजार २ सय १६ विर अस्पतालमा एक कार्यक्रम गरी फिनाम कुवापानी काठमाण्डौ सेवा समाजका प्रमुख सल्लाहकार श्री राजकुमार खत्रीज्यू ,हातेमालो समुहका बरिष्ठ सल्लाहकार रमेश थापा तथा सचिव राजेन्द्र धामी र कालिकोटे खडका समाज तथा फिनाम कुवापानी काठमाण्डौ सेवा समाजका अध्यक्ष श्री मदन खडकाज्यूबाट संयूक्त रुपमा हस्तान्तरण गरिएको थियो

भने सो कार्यक्रमको समन्वय लायन्स कल्व ईन्द्र अन्नपुर्ण योग केन्द्र र फिनाम कुवापानी काठमाण्डौ सेवा समाजका सचिव कृष्ण जंग थापाले गरेका थिए ।
Creadit : Krishna Jung Thapa