उदयपुरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु
उदयपुरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुरतर्फ जाँदै गरेको बोलेरो जीप बिहीबार बिहान उदयपुरको मैनामैनीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ६ जनाको मृत्यु भएको खबर आएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी इन्स्पेक्टर रोशन थापाले जानकारी दिए । मृतकको सनाखत भइनसकेको उनले बताए । उनका अनुसार जीप भिरमा खसेकोले मृतकको संख्या अझै बढ्ने अनुमान छ । 'सडकबाट जीप दुई सय मिटर जति तल खसेको छ । हालसम्म ६ जनाको ज्यान गएको भन्ने खबर आएको छ,' उनले भने । उद्धारको काम भइरहेको उनले बताए ।
उद्धार गरेर घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको उनले बताए ।