सिन्धुलीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
दृष्टि सञ्चार संवाददाता । ट्याक्टर दुर्घटना हुँदा सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । दुर्घटनामा ट्याक्टरमा सवार सिन्धुलीको फिक्कल गाउँपालिका–५ का ३० वर्षीय दिनेश काफ्लेको मृत्यु भएको हो । सिमेन्ट र रड बोकेको ट्याक्टर सोलाभञ्ज्याङ तुफान डाँडाको भित्रि सडकमा गएराति दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक तीनपाटनका गोपाल तोलाङगी र दिनेश काफ्लेको उद्धार गरी जिल्ला अस्पताल पुर्याइएको थियो । उनीहरू मध्ये काफ्लेको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।