बढ्यो डलरको मूल्य
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रवार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज बेलायती पाउण्ड तथा युरो मूल्य बढेको छ ।
जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ०२ पैसा र बिक्री दर १६६ रुपैयाँ७८ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ०२ पैसा र बिक्री दर १४२ रुपैयाँ ६७ पैसा रहेको छ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १९ पैसा र बिक्री दर १३१ रुपैयाँ ७९ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९९ पैसा र बिक्री दर ३६ रुपैयाँ १५ पैसा रहेको छ।
त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।