काठमाडौं महानगरले बालाजुको कोतः धुक पेट्रोल पम्पमा गर्यो सिल
काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुको कोतः धुक पेट्रोल पम्पमा सिल गरेको छ ।
बुधबार मापदण्ड विपरित घरको सटरमा पेट्रोल पम्प सञ्चालन गरेको भन्दै महानगरले पेट्रोल पम्प सिल गरेको हो ।
अदालतको स्टे अर्डर हुँदा हुदै पनि महानगरले पेट्रोल पम्पमा सिल गरेको पम्पका सञ्चालकले उत्तम मानन्धरको भनाइ छ ।
उनले भने ‘ अदालतको स्टे अर्डर छ । त्यो हुँदा हुदै पनि महानगरले पेट्रोल पम्पमा सिल ग¥र्यो । ’
उक्त पेट्रोल पम्प घरको सडकपेटीमा सञ्चालन भइरहेको थियो । जसको कारण पेट्रोल भर्नेहरुको लाइनले सडक जाम हुने गरेको थियो ।