सरकार र समाजलाई झक्झक्याउन सामाजिक आन्दोलन आरम्भ गरेका हौं : महावीर पुन
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकमहावीरपुनले सरकार र समाजलाई झक्झकाउनकालागिआफूहरुले सामाजिकआन्दोलन सुरु गरेको बताएका छन् ।
शुक्रवार माइतीघर मण्डलामा धर्ना सुरु गरेका पुनले फरक किसिमको सामाजिकआन्दोलनको सुरु भएको बताए।
‘यो आन्दोलनलाई हामी फरक किसिमको सामाजिकआन्दोलन भन्छौं । यो समाजलाई आविस्कार अनुसन्धान र नवप्रवर्तन गर्नुपर्छ भन्ने सोचाई समाजमाआएको छैन्।त्यसैले समाजलाई यसको महत्व छ भनेर बुझाउन झक्झकाउने र सरकारलाई देशको अर्थतन्त्र सुर्धानलाई यो नगरीहुँदैन,गर्नै पर्छ भनेर बाध्यपार्ने आन्दोलन हो ।’पुनले भने ।
आविष्कारको क्षेत्रमातीनै तहका सरकारले विकास बजेट छुट्याउँदा बेवास्ता गरेको भन्दै पुनले आन्दोलनस्वरुपशुक्रबारबाट समाज र सरकारलाई सचेत गराउनमाईतीघरमाधर्ना सुरु गरेको प्रष्ट पारे ।
उनीसंगै धर्नामा बसेका युवाहरुले ‘स्टार्टअपउद्यमीहरुलाई प्रोत्साहन गर’, ‘नवउद्यमीहरुलाई हतोत्साहननगर’,‘सन्ततिलाई आवश्यकनवप्रर्वतन,आविष्कार र अनुसन्धानमा सहयोग गर’,‘विज्ञान प्रविधितथानवप्रवर्तन ऐन पारित गर’ जस्ता नारा लेखिएकाप्ले कार्ड बोकेका थिए ।
पुनले संघ, प्रदेश र स्थानीय सरकारले आफ्नो विकास बजेटको एक प्रतिशत बजेट अनुसन्धानतथाआविष्कारका लागिछुट्याएर कोष बनाउनुपर्ने तथात्यसलाई सञ्चालनगर्न सरकारले आवश्य ऐन निर्माण गर्नुपर्ने लगायतकामाग राखेका छन् ।
सरकार र समाजलाई झक्झक्याउन सामाजिक आन्दोलन आरम्भ गरेका हौं ः महावीर पुन
काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सरकार र समाजलाई झक्झकाउनका लागि आफूहरुले सामाजिक आन्दोलन सुरु गरेको बताएका छन् ।
शुक्रवार माइतीघर मण्डलामा धर्ना सुरु गरेका पुनले फरक किसिमको सामाजिक आन्दोलनको सुरु भएको बताए ।