दुई जना अमेरिकी नागरिक प्रतिबन्धित भारतीय रूपैयाँसहित पक्राउ
सोमबार दिउँसो २ जना अमेरिकी नागरिक नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ३ लाख ३५ हजार सहित त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा अमेरिकी नागरिक ६९ वर्षीय THUPTEN GELEK LHASAWA र ५९ वर्षीया KALSANG CHODON रहेका छन् ।
भिस्तारा एयरको उडानद्धारा काठमाडौंबाट दिल्ली प्रस्थान गर्न लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स रे मेसिनमा जाँच गर्ने क्रममा भारतीय रूपैयाँ फेला परेपछि पक्राउ गरिएको थियो । यस सम्बनधमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।