सभामुखलाई एमालेको प्रश्न : ‘गैरसंवैधानिक’ विषयमा संसदमा छलफल गर्न मिल्छ ?
नेकपा (एमाले)ले संवैधानिक परिषद्सम्बन्धी विधेयक तत्काल फिर्ता लिन माग गरेको छ ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा एमाले सांसद शिवमाया तुम्बाहाम्फेले आफैंले गैरसंवैधानिक भनिएको विषयवस्तु राखेर विधेयक ल्याउनुको कारण सरकारले दिनुपर्ने बताएकी छन् ।
बुधबार संसदको बैठकमा विशेष समय लिएर सांसद तुम्बाहम्फेले सभामुखमाथि समेत प्रश्न उठाइन् ।
हिजो ओली सरकारले अध्यादेश ल्याउँदा गैरसंवैधानिक भयो भनेर अदालत गएको र त्यो मुद्दा विचाराधीन रहेको भन्दै तुम्बाहम्फेले भनिन्, ‘सर्वोच्चमा विचाराधीन रहेको विषय, जसलाई गैरसंवैधानिक भन्छौं भने गैरसंवैधानिक विषयमा संसदमा छलफल गर्न मिल्छ ?’