सर्वदलीय बैठक निष्कर्षबिहीन, प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित
गत असार १२ गतेदेखि अवरुद्ध कर्णाली प्रदेश सभाको बैठक बिहीबार पनि बस्न सकेन । सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच सहमति जुट्न नसकेपछि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।
संसद् सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले भने, ‘सर्वदलीय बैठकमा दलहरुबीच सहमति जुटन नसकेपछि आजको बैठक स्थगित गरिएको छ । अर्को वैठक शुक्रबार दिउँसो १ बजेका लागी बोलाइएको छ ।’