तक्मामा प्रयोग हुने सुनको परिमाण घट्यो, अब कुनमा कति ?
सरकारले विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विभूषण पाउनेको संख्या वर्षेनि बढिरहेका बेला यसमा प्रयोग हुने सुनको परिमाण घटनाउने निर्णय गरेको हो ।
सरकारले हरेक वर्ष देशका विभिन्न क्षेत्रमा सेवा पुर्याउनेहरुलाई १० किसिमका विभूषण तथा पदक प्रदान गर्दै आएको छ ।
गृह मन्त्रालयका अनुसार सबैभन्दा बढी सुन प्रयोग हुने नेपाल रत्न पदकबाट ८५ ग्राम सुन घटनाएर अब ९० ग्राम मात्रै राख्ने निर्णय गरिएको छ । यो पदमा ४२५ ग्राम चाँदी र ४२ ग्राम हिरा पनि प्रयोग हुन्छ ।राष्ट्र गौरव पदकमा ४५ ग्राम सुन प्रयोग हुने गरेकोमा अब ३० ग्राम मात्र प्रयोग गरिने छ ।