बलात्कार मुद्दामा हदम्याद हटाउने प्रस्तावकर्ता गगन नै छलफलमा अनुपस्थित
बलात्कार मुद्दामा हदम्याद हटाउने प्रस्तावकर्ता सांसद गगन थापा प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिमा भएको आफ्नै प्रस्तावमाथिको छलफलमा अनुपस्थित रहे ।
समितिले यौन हिंसा विरुद्धका केही ऐन संसोधन गर्न बनेको बिधेयकमाथिको छलफलमा थापालाई पटक-पटक बोलायो । तर, उनी कुनै पनि बैठकमा उपस्थित भएनन् ।सांसदहरुले पनि समितिको छलफलमा थापालाई खोजे । उनलाई खोज्नुको कारण हो-उनकै नेतृत्वमा कांग्रेसका १३ जना सांसदले विधेयकमाथि बलात्कार मुद्दामा हदम्याद हटाउने संशोधन प्रस्ताव राखेका थिए । थापा सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका महामन्त्रीसमेत हुन् ।