बालुवाटारमा सत्ता गठबन्धनको बैठक, लगत्तै मन्त्रिपरिषद् बस्ने
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक’बारे छलफल भइरहेको एक नेताले जानकारी दिए ।
गठबन्धनमा सहमति जुटेलगत्तै आजै मन्त्रिपरिषद् बैठक बस्ने र विधेयक पारित गर्ने तयारी गरिएको छ ।
सरकारले शुक्रबार संक्रमणकालीन न्यायसँग जोडिएको कानुन संशोधनको विधेयक आज १ बजे बस्ने संसद बैठकमा पेस गर्दैछ ।