क्यारेवियन प्रिमियर लिगमा सन्दीप जमैकाबाट खेल्ने
राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने एक साताको अन्तरमा दोस्रो अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेट लिगमा छानिएका छन् ।
आगामी अगष्ट अन्तिमदेखि सुरु हुने क्यारेवियन प्रिमियर लिग सीपीएलका लागि सन्दीपलाई जमैका तल्लावाजले अनुबन्ध गरेको हो । सन्दीपले सन् २०२० को संस्करण पनि तल्लावाजबाटै खेलेका थिए ।
सो प्रतियोगितामा उनले ११ खेलमा १२ विकेट लिएका थिए । जमैकाले पाँच विदेशी खेलाडीको कोटामा सन्दीपलाई ड्राफ्टअघि नै अनुबन्ध गरेको हो ।
सन्दीपसँगै पाकिस्तानका तीव्र बलर मोहम्मद आमीरले पनि जमैकासँग सम्झौता गरेका छन् । उसले तीन जनालाइ रिटेन गरेकाे छ भने २ जना स्थानीय खेलाडी र ५ जना विदेशी खेलाडीलाई अनुबन्ध गरेकाे हो ।