आज साउन महिनाको पहिलो सोम्बार
हिन्दु महिलाहरु शिव मन्दिरमा गएर पूजा पाठ गर्ने र ब्रत बसने गर्छन् त्यसैले आजको दिन विशेष मानिन्छ , विशेष गरि महिला दिदि बहिनीहरुको लागि साउन महिनामा शिवलाई शुद्ध जल चढाए सम्पूर्ण मनोकांक्षा पूरा हुने परम्परागत धार्मिक मान्यता रहेको छ । हरेक साउन महिनाको सोम्बार दान सहित शिवको पूजा गर्नाले पाप नष्ट हुने परिवारका सदस्यको दिर्घायू हुने र सुख शान्ति प्राप्त हुने विश्वास पनि छ । आज देशै भरका प्रमुख शिवालय मन्दिरहरुमा पूजा ,पाठ गर्ने भक्तालुजनहरुको घुंईचो लागेको छ ।