प्रेस युनियनको पदाधिकारीमा क-कस्को दाबी ?
नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था प्रेस युनियनको आसन्न महाधिवेशनमा अध्यक्षको उम्मेदवारका लागि आधा दर्जन बढीले दाबी गरेका छन् ।
अध्यक्षको दाबी गर्नेमा अनिता विन्दु, सरोज अधिकारी, रामप्रसाद दाहाल, दिपक आचार्य, शिव लम्साल,सन्तोष न्यौपाने, भुवन भट्ट, उमिद वागचन्द, दामोदर दवाडीलगायत छन् ।संस्थापन पक्षबाट उम्मेदवारी घोषणा गरेकामध्ये अनिता विन्दु र सरोज अधिकारी बलियो दाबेदार हुन् । युनियनको अध्यक्षको उम्मेदवार घोषणा गरेकी अनिता विन्दु पत्रकार महासंघको पूर्वउपाध्यक्षसमेत हुन् । विन्दुले युनियनको पूर्वउपाध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरिसकेकी छन् । संस्थापन पक्षबाटै दाबी गर्ने अधिकारी युनियनको वर्तमान कोषाध्यक्ष हुन् ।