महिलालाई उद्यमी बनाउँदै वुमन्स क्रियसन
मारवाडी समुदायका महिलाहरुको समूह ‘वुमन्स क्रियसन्स’ले शनिबार वीरगञ्जको जैन भवनमा ‘साउन धमाका’ नामको मेला आयोजना गर्यो । मेलामा, कपडा तथा श्रृङ्गारका सामान, राखी, खानाका परिकार, रमाइला खेलहरू लगायतका ४३ स्टल थिए ।
मेलामा अधिकांश महिलाले आयातीत सामानको बिक्री गरे पनि केहीले आफ्नै उत्पादन बेच्न राखेका थिए । वीरगञ्ज स्थित कैदीबन्दी सुधार गृहका कैदीबन्दीले बनाएको मुढा, ऊनको लाइटर खोल, चाबीको रिङ, पर्स, टोपी, कपासको बत्ती, बाँस र नाइलनले बनेको डाइनिङ सेट समेत प्रदर्शनीमा राखिएको थियो ।