बागलुङमा राहदानी बनाउन सकस
चितवनमा बस्ने जैमिनी नगरपालिका–४ सर्कुवाकी ६१ वर्षीया इन्द्रकला आचार्य एक साताअघि राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय बागलुङ पुगिन् । आफन्तका साथमा कार्यालयमा पुगेकी उनको पहिलो काम भयो राष्ट्रिय परिचयपत्र बनाउने ।
राहदानीको फाराम भर्नुपूर्व राष्ट्रिय परिचयपत्रको फाराम भर्नुपर्छ । तोकिएको अनुसूचिमा आफैंले अनलाइनमा फाराम भरेपछि राष्ट्रिय परिचयपत्रका सबै काम एकैछिनमा प्रशासन कार्यालयले गर्छ । आचार्यले राष्ट्रिय परिचयपत्रको फाराम कार्यालयअघि रहेको एक कम्प्युटर सेन्टरमा पुगेर भरिन् ।