माडी जाने भूमिगत विद्युत लाइनको वैकल्पिक प्रस्ताव तयार
चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी लैजाने विद्युतको भूमिगत तारमा पटक–पटक समस्या आउँदा माडीवासीले दुःख त पाएका छन् नै मर्मतमा खटिने विद्युत प्राधिकरणका प्राविधिकहरु पनि हैरान छन् ।
माडी लगिएको विद्युत लाइनको ८ किलोमिटर निकुञ्ज क्षेत्रमा पर्दछ । सोही ठाउँमा पटक–पटक समस्या आउँदा माडीवासीले हैरानी व्यहोर्दै आएका छन् । हालैमात्र भूमिगत तारमा समस्या आउँदा माडीमा चार दिनसम्म विद्युत आपूर्ती बन्द भएको थियो ।