बैंकले मागे थप सुविधा, सीडी रेसियो ९५ प्रतिशत पुर्याउन माग
बैक तथा वित्तिय संस्थाका सञ्चालकहरूले मौद्रिक नीतिले गरेका कसिला व्यवस्थाहरु खुला गर्न माग गरेका छन् । उनीहरुले यही असार मसान्त कार्यान्वयन हुने कर्जा-निक्षेप अनुपात (सीडी रेसीयो)को सीमा बढाउन माग गरेका छन्न् ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)ले सीडी रेसियो ९० प्रतिशतबाट बढाएर ९५ प्रतिशत पुर्याउन माग गरेका हो । राष्ट्र बैंकले अर्थतन्त्रले संकुचित मौदि्रक नीति मागिरहेको बताइरहँदा बैक सञ्चालकहरूको संस्था सिबिफिनले भने सीडी रेसियो बढाएर लगानीको ‘स्पेस’ माग गरेका हुन् ।