उपत्यकामा संगठन विस्तार गर्न माओवादीले विशेष समिति बनाउने
नेकपा माओवादी केन्द्रले पनि उपत्यका विशेष समिति बनाउने भएको छ ।
बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल कमलादीमा बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपत्यका विशेष समिति बनाउने प्रस्ताव गरेका हुन् । उपत्यकामा संगठन विस्तारको काम गर्ने यो समितिमा सम्पर्क समन्वय समितिलाई पनि मिसाइने प्रचण्डले बताएका छन् ।