काठमाण्डौं उपत्यकामा फेर उठ्न छाड्यो फोहोर
काठमाडौं उपत्यकाकाको फोहर व्यवस्थापनको काम आजदेखि रोकिएको छ ।
यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्तासम्म फोहोर ढुवानीको काम बन्द गरिएको हो ।
सहरी विकास मन्त्रालयले फोहरको गाडी आवतजावत गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै काठमाडौं महानगरपालिकालाई केही दिन फोहोर ढुवानीका गाडी नचलाइदिन आग्रह गरेको थियो । सोही आग्रहअनुसार महानगरपालिकाले पनि आजदेखि फोहोर व्यवस्थापन कार्य रोकेको हो ।
आजदेखि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिएको काठमाडौं महानगरपालिकाको वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन् । बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहोरको गाडी सन्चालन हुँदै आएका थिए ।