अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको आईपीओ बाँडफाँट
अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले असार ३० गते, बिहीबार आज आईपीओ बाँडफाँट गरेको हो ।कम्पनीले असार २० गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात् ९७ हजार ८७५ कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको थियो । बाँकी रहेको १८ लाख २० हजार ४७५ कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।