प्रदेशमा आन्तरिक मामिला मन्त्रालयको नाम फेरेर गृह राखौं : मुख्यमन्त्री राउत
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आन्तरिक मामिला तथा कानून मन्त्रालयको नाम परिवर्तन गरी गृह मन्त्रालय राख्न सातै प्रदेशका मन्त्रीसँग आग्रह गरेका छन् ।
शान्ति सुरक्षा तथा विपद व्यवस्थापनसम्बन्धी सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुको जनकपुरधाममा आयोजित भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले उक्त आग्रह गरेका हुन् । उनले संघमा गृह मन्त्रालय रहेको र प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय राखिएपछि बुझाउनै गाह्रो भएको बताए ।