रित गौतमले न्युजिल्याण्डमा प्रिमियर लेभल क्रिकेट खेल्ने
नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान रित गौतमले न्युजिल्याण्डमा प्रिमियर लेभल क्रिकेट खेल्ने भएका छन् ।
उनले रोटोरुअमा रहेको ग्रेसर सिटी क्रिकेट क्लबबाट खेल्नेछन् । ग्रेसरले रितले आउने सिजन आफ्नो टिमबाट खेल्ने र रितलाई स्वागत गर्न एकदम उत्साहित रहेको भन्दै सामाजिक सञ्जालमा लेखेको छ ।ग्रेसरले न्युजिल्याण्डमा क्लब अफ दि इअरको अवार्ड समेत जितिसकेको छ । उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेका रितलाई नेपाली क्रिकेटको भविष्यमा राम्रो गर्न सक्ने खेलाडीको रुपमा हेरिएको छ ।